२९ पुस २०७७

नेपाल सरकारले कोरोनाविरुद्धको खोप खरिदका आर्थिक संकलन गर्न ‘खोप कोष’ को स्थापना गरेको छ ।

सरकारले सार्वजनिक सूचना जारी गरेर सहयोगका लागि आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार हाल परीक्षण भएका कोरोनाविरुद्धको खोप प्रभावकारी भइरहेको अवस्थामा लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक सहयोग आह्वान भएको हो ।

मन्त्रिपरिषद्को पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोष खडा गर्नका लागि स्वीकृति दिएको बताइएको छ ।

सहयोग गर्न चाहनेले कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर