२९ पुस २०७७

अस्पतालका कोभिड–१९ वार्डहरूबाट सुखद समाचार कमै आउँछन् ।

संक्रमण दर बढिरहेका विश्वका अस्पतालमा संक्रमितको अत्यधिक चाप छ ।

तर लगातारको क्लिनिकल परीक्षणका कारण सोमबार घोषणा गरिएका दुई नयाँ औषधिले बिरामी र अस्पताल दुवैको हित गर्ने देखिएको बेलायती पत्रिका इकोनोमिस्टले जनाएको छ ।

घुँडाको दुखाइ कम गर्न प्रयोगमा ल्याइएका टोसिलिजुमाब र सारिलुमाब नामका औषधि कोभिड–१९ का बिरामीको उपचारमा पनि सहयोगी देखिएका छन् ।

यी औषधिको प्रयोगले कोरोना मृत्युलाई एक चौथाइले घटाएको परीक्षणले देखाएको छ ।

परीक्षणमा सहभागी सघन उपचार कक्षमा लग्नुपर्ने अवस्थाका आठ सय बिरामीमध्ये अधिकांश बेलायतका थिए । विश्वका ६ देशमा यो औषधि परीक्षण गरिएको थियो ।

कुल सहभागीमध्ये आधालाई अन्य उपचार विधिसहित यी दुई औषधिमध्ये एक दिइएको थियो भने आधालाई डेक्सामेथासोनसहित अन्य स्टानडर्ड उपचार विधि मात्र प्रयोग गरिएको थियो ।

डेक्सामेथासोनसहित स्टानडर्ड विधि मात्र प्रयोग गरिएका बिरामीमध्ये ३६ प्रतिशत तथा टोसिलिजुमाब र सारिलुमाब प्रयोग गरिएका बिरामीमध्ये २७ प्रतिशतको मृत्यु भयो ।

अर्को शब्दमा भन्ने हो भने यी नयाँ औषधिले एक चौथाइ मृत्युदर घटाएको परीक्षणले देखायो ।

यसैगरी टोसिलिजुमाब र सारिलुमाब लिएका बिरामी अस्पतालबाट ७ देखि १० दिन छिटो डिस्चार्ज भए ।

यो सुखद समाचार बनेको छ । यी दुवै औषधिले समान हिसाबले काम गरेको भए पनि टोसिलिजुमाब सर्वसुलभ भएकाले यसको प्रयोग बढी भएको थियो ।

कोभिड–१९ उपचारमा दुखाइ कम गर्ने ९एन्टी इन्फ्लेमेटरी० औषधिका रुपमा डेक्सामेथासोनको प्रयोग हुँदै आएको छ ।

टोसिलिजुमाब र सारिलुमाबको प्रयोगले बिरामीको प्रतिरक्षा प्रणालीलाई सशक्त पारेको परीक्षणले देखाएको छ ।

यी दुई औषधि तुलनात्मक रुपमा महँगो रहेका कारण विकासशील राष्ट्रका लागि त्यति सहज र सुलभ नहुने देखिएको छ ।

नसामा सुई लगाएर यी औषधि प्रयोग गर्दा बेलायतमा ७५० पाउन्डदेखि १ हजार पाउन्डसम्म खर्च लाग्छ ।

तर बेलायतमा एक दिनमा सघन उपचार कक्ष ९आइसियू० मा उपचार गर्दा प्रतिबिरामी २ हजार पाउन्डसम्म खर्च लाग्ने भए पनि अस्पताल बस्ने अवधि छोटो हुनाले बिरामीलाई फाइदा हुने बताइएको छ ।

बेलायतको सरकारी स्वामित्वमा रहेको निकाय नेसनल हेल्थ सर्भिसेज ९एनएचएस० ले सघन उपचार कक्षमा उपचाररत बिरामीलाई तत्काल टोसिलिजुमाब दिइने जनाएको छ ।

उत्पादक कम्पनी रोचेले यो औषधि उत्पादन बढाउने भएको छ ।

बेलायतले हाललाई यी दुवै औषधि निर्यातमा रोक लगाएको छ ।

कोभिड–१९ का कारण मृत्युदर लगातार बढेको सन्दर्भमा यो परीक्षणले आशाको सञ्चार गराएको इकोनोमिस्टले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर