२९ पुस २०७७

बुटवलकाे राजमार्ग चौराहा  देखि चिडियाखोलासम्मकाे सडक किनारका घर भत्काउन सुरू गरिएकाे छ ।

२४ घण्टे सूचना जारी भएको समायावधि पूरा भए लगत्तै घरटहरा भत्काउन सुरु गरिएको हो ।

ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकदेखि    सडक मिचेर बनाएका घर टहर भत्काउन सुरु गरिएकाे छ ।

अतिक्रमित क्षेत्रको मध्यखण्ड बुटवलको टाफिक चोकमा रहेको दुर्गा मन्दिरको सटर र त्यस आसपासमा रहेका घरहरुमा डोजर चलाइएको हो ।

पटक-पटक अदालतको आदेशले रोकिदै आएको उक्त सडकको बिस्तारका बिरुद्ध नारायणी देवि प्रधान लगायतका २४ जनाबाट परेको पछिल्लो रिट निवेदनमा यस अघि गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्बोच्च अदालतले गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक बिस्तार गर्ने बाटो खुलेको थियो ।

सडक सिमा मिचेर निर्माण गरिएका घर टहर हटाउन पटक पटक सुचना गर्दा पनि स्थानीयबासी नमानेपछि बाध्य भएर डोजर चलाउनु परेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउनुभयाे ।

आयोजनाले सूचना जारी गरे संगै अधिकांस घरधनीहरुले शनिबार देखि नै  दिनभर लगाएर घर टहरा भत्काएका थिए ।

आइतबार एकाविहानै आयोजनाले आफ्ना घरहरुमाथि डोजर चलाएपछि घरधनीहरु निकै आक्रोशित भएका छन।

२४ घण्टाको समयमा आफूहरूले आफ्ना सामानको ब्यवस्थापन गर्न नसकिएको र थप समय दिनु पर्ने व्यवसायीले बताएका थिए ।

अदालतको आदेश अनुसार निवेदकहरुका कागजात अध्यायन गर्दा १ सय ५६ जना निवेदक मध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने भएकोले १५ दिन भित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरुले आफ्नो प्रमाण पेश गर्न नसकेपछि सर्बोच्च अदालत पुगेका थिए ।

उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक सिमा मिचेकोमा २०० जना भन्दा बढीले यस अघिनै घर भत्काई सडक खालि गरी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर