३२ श्रावन २०७७, आइतवार

बुटवल उपमहानगरपालिकाका तीन अधिकृतसहित बुटवलमा आइतबार १६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन ।
उपमहानगरपालिकाका दुई जना शाखा प्रमुख सहित एकजना अधिकृतस्तरका सहायक शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै आइतबार कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नम्बर ११ कालिकानगर र देवीनगरका रहेका छन ।
बुटवलमा पहिलो पटक यति धेरै संक्रमित थपिएको  हो ।
यो संख्या सँगै बुटवलमा कुल संक्रमितको संख्या ८० पुगेको छ । तीमध्ये ५६ जना सक्रिय संक्रमित छन् भने २४ जना उपचारपछि निको भएर घर फर्किएका छन ।
१९ वटा वडा रहेको बुटवलमा वडा नं. ११ मा मात्रै १८ जना संक्रमित छन् ।
उपमहानगरपालिकाले सूचना जारी गर्दै उपमहानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सम्पूणर् सेवा अर्को सूचना नआउँदासम्म बन्द गरिएको जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर