२८ पौष २०७७, मंगलवार

भारतले जनवरी १६ देखि आफ्नै देशमा उत्पादन भएको कोरोनाभाइरसको भ्याक्सिन नागरिकहरूलाई लगाउने भएको छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले विकास गरेको कोरोनाभाइरसको भ्याक्सिनलाई भारतको सेरम इन्स्टिच्युट पुणेको कारखानामा उत्पादन भइरहेको छ। भारतमा उक्त भ्याक्सिनलाई कोभिसिल्ड नाम दिइएको छ।

मंगलबार बिहानै तापक्रम नियन्त्रण गरिएका तीन वटा ट्रक सेरमको फ्याक्ट्रीमा पुगेका थिए।

ट्रकमा ४७८ बक्सा भ्याक्सिन लोड गरिएको थियो। एउटा बक्साको तौल ३२ केजी हुने समाचार संस्था पिटिआईले जनाएको छ।

भारतले आउने ८ महिनामा ३० करोड मानिसलाई कोरोना भ्याक्सिन लगाउन सकिने बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर