२८ पौष २०७७, मंगलवार

प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताउनुभयो ।

सन्तोष भट्टको कप्तानीमा छनोट भएको टोलीमा ४ जनालाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ ।

टोलीमा उपकप्तान खड्कबहादुर बोहोरा सहित अरुण ऐरी, गजेन्द्र बोहोरा, सन्जु दमाई, सुरज निर्वा, किरन ठगुन, अर्जन सावद, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र सावद र भोजराज भट्ट छन् ।

वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, दिपेन्दसिंह ऐरी, विक्रम थापा र विकाश आग्रीको नाम छ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुुदैंछ ।

प्रतियोगितामा ३ विभागीय र सातवटा प्रदेशका गरी जम्मा १० टोली सहभागी हुँदैछन् ।

सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बागमती प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा खेल्ले छ ।

प्रतिक्रिया

सम्बन्धित खवर