२६ पौष २०७७, आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा   बोल्दै उनले आफूले सिंह भनाइदिएको मान्छेले पछि आफैलाई खान खोजेको भन्दै टिप्पणी गरे ।

उनले भने, ‘ आफूले सिंह बनाइदिइयो आफैलाई झम्टिने अवस्था आयो ।’
संविधानले ५ वर्षमा निर्वाचन गर्ने कुरालाई मात्र स्थिरता नभनेको बताउँदै सरकार बन्न सकेन भने तत्काल चुनावमा जाने संविधानले व्यवस्था गरेको उनले जिकिर गरे ।

संविधानको धारा ७६ को ७ ले सो व्यवस्था गरेको उनको दावी छ ।

बहुमत कसैको आएन भने, दुई वा दुई दलभन्दा बढीको मिलेर सरकार बनाउन सकेनन् भने र बहुमतको सरकारले पनि राष्ट्रपतिबाट सिफारिस लिएर आएको १ महिनाभित्र विश्वासको मत प्राप्त गर्न सकेन भने, अल्पमतको मात्र हैन एउटा व्यक्ति प्रधानमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उसको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्न सक्ने र नयाँ संसद्का लागि चुनाव हुने ओलीले दावी गरे ।

उनले कतिपयले अध्यक्ष पद अर्कोलाई सरक्क छोडिदिएको भए यो अवस्था आउँदैन थियो भन्ने गरेको भन्दै ‘अध्यक्ष पद किन छोड्ने यो दान हो र ?’ भन्दै प्रश्न गरे ।

उनले भने–‘यो दान हो र कमन्डलु थाप्ने वित्तिकै लाउ भनेर दिने ? यो मोहोर सिक्का हो ? प्रधानमन्त्रीको जिम्मेवारी भनेको के हो ?

यो जनताले सुम्पिएको अभिभारा हो जस्तोसुकैलाई जुनसुकै बिधिबाट सुम्पन सकिँदैन । कहिले अध्यक्ष छोड भनेको छ कहिले प्रधानमन्त्री छोड भनेको छ, प्रायोजित सञ्चार माध्यम प्रयोग गरेको छ । केही त्यस्तै खालका बुद्धिजीवीको झुण्डलाई प्रयोग गरेको छ ।’

देशमा अस्थीरता फैलाउने साझा प्रयासलाई प्रतिनिधि सभा विघटन गरेर रोकिएको उनको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर