२६ पुस २०७७

भारतको महाराष्ट्रमा एक ३० बर्षका  युवकको यौन सम्बन्धका बेला महिलाले कुर्सीमा बाँधिदिँदा मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सीको रिपोर्ट अनुसार एक प्रहरी अधिकारीले महिला विवाहित भएको उनको युवकसँग अफेयर चलेको थियो ।

महिला एक सन्तानकी आमा पनि हुन् । बिहिबार सँगै रात बिताउनका लागि महिला र युवक एउटा लजमा बसेका थिए ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सीका अनुसार  महिलाले नाइलनको डोरीले युवकको हात–खुट्टा अनि  बिस्तारै घाटिमा पनि लगेर    कुर्सीमा  बाँधिदिएकी थिइन् ।

युवक बाँधिएकै अवस्थामा महिला बाथरुम गएकी थिइन् । यति बेला कुर्सीमा बाँधिएका युवक चिप्लिए जसका कारण युवकको घाँटीमा बाँधिएको डोरी कस्सियो ।

जब महिला कोठामा आइन् तब उनले पार्टनरलाई जमिनमा अचेत अवस्थामा खसिरहेको देखिन् ।

उसले तुरुन्त मद्दतका लागि रुम सर्भिसलाई बोलाइन् । रुम सर्भिस स्टाफले युवकको डोरी खोल्यो । त्यसपछि जानकारी पाएपछि प्रहरी पनि पुगे ।

घटनापछि प्रहरीले महिलालाई हिरासतमा लिएर सोधपुछ गरेको छ । युवकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

प्रहरीका अनुसार महिलाले आफ्नो अफेयरको कुरा स्विकारेकी छिन् ।

यद्यपि, सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि  सन् २०१८ मा भारतमा विवाहेत्तर सम्बन्ध अपराध होइन ।

प्रहरीले युवकको मृत्युको विषयमा दुर्घटनाको मुद्दा दर्ता गरेको छ ।

प्रहरीले लजका कर्मचरी, वेटर र अन्य मानिसहरुको बयान पनि रेकर्ड गरेको छ । युवक र महिला दुबैको मोबाइल फोन पनि जफत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर