२५ पौष २०७७, शनिवार

५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुकहरुको खोजी सुरु गरेको छ।

https://amzn.to/4myfPN5

उच्च आयआर्जन गर्न सकिने मुलुकहरुसँग श्रम सम्झौता गरेर नेपाली श्रमिकहरु पठाउन सरकारले पहल सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले युरोपका उच्च आय हुने मुलुकहरु पोल्याण्ड,रोमानिया तथा सेसेल्ससँग श्रम सम्झौताको तयारी गरेको हो।

यी मुलुकहरुसँगै टर्की, पोर्चुगल लगायत अन्य युरोपियन मुलुकहरुसँग समेत श्रम सम्झौता गर्न मन्त्रालयको जोड छ।

युरोप काम र कमाइका हिसाबले नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य बन्दै आएको छ। तर नेपालबाट युरोप छिर्ने सहज वातावरण भने छैन। सहज रुपमा युरोप

यसरी ज्यानै धरापमा राखेर युरोप छिर्नेहरु पोल्याण्ड, पोर्चुगल, रोमानिया, सेसेल्स, टर्की, माल्टा, फ्रान्स, स्पेन, जर्मनीलगायत विभिन्न युरोपेली मुलुकहरुमा ठूलो संख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ। भिजिट भिसा तथा विभिन्न अवैध प्रकृयामार्फत् युरोप छिरेका नेपालीहरु अस्थायी आवासीय अनुमति तथा कार्य अनुमति (वर्क पर्मिट) लिएर बसेका छन्।

वैदेशिक रोजगार विभागकाअनुसार ४० लाखभन्दा बढी नेपालीहरु कामको खोजिमा विदेशीएका छन्। कामको खोजिमा विदेशीएका मध्ये ८० प्रतिशत श्रमिकहरु मलेसिया तथा खाडीका मुलुकमा पुगेका छन्।

मलेसिया तथा खाडीका मुलुकहरुमा नेपालीहरुको आयस्तर निकै न्यून छ। खाडीमा निमार्ण, उद्योग तथा घरायसी काम गर्दा मुस्किलले ३० हजार कमाइ गर्ने नेपालीहरुले युरोपमा त्यहि काम गर्दा १ लाखभन्दा बढी कमाइ गर्छन् तर पनि युरोप जाने सहज वातावरण नहुँदा युवाहरु खाडी जान बाध्य छन्। युरोपमा पुग्ने नेपालीहरुको संख्या ज्यादै न्यून छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर