२५ पौष २०७७, शनिवार

नेकपा ओली समूहले काठमाण्डौमा ‘धोती जुलुस’ निकालेको छ ।

युवा संघ नेपालको आयोजनामा बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निस्किएको थियो । महेश बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुसको नाम दिइएको छ। जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।

र्‍यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर