
२३ पौष २०७७, बिहिवार
रुपन्देहीको रोहिणी गाउँपालिकामा जिपको ठक्करवाट दुईजनाको मृत्यु भएको छ ।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्याङ्जा जिल्ला गल्याङ खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको छ ।