२२ पौष २०७७, बुधवार

धेरैलाई सेल्फी लिन मन लाग्छ । स्मार्टफोनहरूले पनि सेल्फी क्यामरालाई विशेष फीचर बनाएका हुन्छन् । तर हालै गरिएको एक अध्ययनले सेल्फीमोह एक मानसिक विकार भएको बताएको छ ।

त्यसबाट मुक्त हुनका लागि उपचार नै आवश्यक हुन्छ .

बेलायतको नटिङ्घम ट्रेन्ट विश्वविद्यालय तथा भारतको थिगाराज स्कूल अफ म्यानेजमेन्टका अनुसन्धानकर्ताहरूले उक्त अध्ययन गरेका हुन् । तीन वर्षको अध्ययनपछि उनीहरूले अमेरिकी मनोरोग एसोसिएसनको निष्कर्षलाई पुष्टि गरेका छन् ।

एसोसिएसनले सेल्फीलाई मानसिक विकारका रूपमा वर्गीकृत गरेको थियो ।

अनुसन्धानकर्ताहरूले सेल्फी बिहेवियर स्केल पनि विकसित गरेका छन् जसले यो विकार कसरी बन्छ भन्ने पत्ता लगाउँछ ।

अनुसन्धानकर्ताहरूले २०० जनाको फोकस ग्रूप अनि ४०० मानिसमा सर्वेक्षण गरेर यो स्केल विकसित गरेका हुन् । यी सबै मानिस भारतीय थिए । भारतमा फेसबूक प्रयोगकर्ता सबभन्दा धेरै भएकाले उनीहरूलाई छानिएको अनि

भारतमै सेल्फी लिने चक्करमा धेरै मृत्यु भएको कारण पनि यहाँ सर्वेक्षण गरिएको बताए ।

सेल्फी कुन बेलामा विकार बन्छ भन्ने मानिसहरूले थाहै नपाउने अनुसन्धानकर्ताहरू बताउँछन् । मूड ठीक पार्न, याद ताजा राख्न र कहिलेकाहीँ त्यति अर्थहीन रूपमा मानिसहरू सेल्फी लिने गर्छन् । तर यो बानी नशा बन्दै जान्छ र यसबाट निस्कनका लागि उपचार आवश्यक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर