२१ पौष २०७७, मंगलवार

पुस २५ गते देखि नेपाली काँग्रेसले सुरु गर्न लागेको देशव्यापी आन्दोलनमा नेपाल तरुण दलको सशक्त भूमिका रहने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले विज्ञप्ती जारी गर्दै आन्दोलनलाई पूर्ण रुपमा सफल पार्न सबै जिल्ला अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सहभागी हुनको लागि निर्देशन गरेका छन् ।

विज्ञप्तीमा पुष २५ देखि माघ ८ गते सम्म हुने आन्दोलनमा तरुणहरुको पूर्ण सहभागिता हुने र आन्दोलनलाई देशभर सफल पार्न अनुरोध गरिएको छ

प्रेस विज्ञप्तीमा जानकारी दिए अनुसार पुस २५ गते शनिबार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा, माघ ३ गते देशैभरका ७५३ पालिकाहरुमा र माघ ८ गते देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर