२१ पौष २०७७, मंगलवार
झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई रहेका छन् ।
शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र-१-०२-०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक आपसमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।
उनीहरुको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।