२१ पौष २०७७, मंगलवार

गुल्मीमा समायोजनका कारण १० संस्थागत र २६ सामुदायिक बिद्यालय पुरै बन्द भएका छन् । गुल्मी दरवार गाउँपालिकामा १–१० पढाई हुने गौरी शंकर इग्लिस बोर्डिङ स्कुल इश्वरी माविमा पुरै समायोजना भएको छ भने चार संस्थागत र दुई सामुदायिक बिद्यालय खाली भएका छन् ।

त्यस्तै धुर्कोट गाउँपालिकाले पनि सामुदायिक र संस्थागत गरेर ९ बिद्यालय समायोजन गरेको शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । धुर्कोटमा ५ संस्थागत बिद्यालय पुरै खाली भएका छन् ।

मुसिकोट नगरपालिकाले ७ वटा सामुदायिक बिद्यालय समायोजन गरेर पुर्ण रुपमा बन्द गरेको छ। भने ६ वटा बिद्यालयको कक्षा घटाएको मरासिनीले बताए।

रेसुंगा नगरपालिका र सत्यवति गाउँपालिकाका एक÷एक वटा संस्थागत बिद्यालय मात्रै समायोजन भएका छन्। चन्द्रकोट गाउँपालिकाले ५ बिद्यालय पुरै समायोजन गरेको ५ भने ९ बिद्यालयमा कक्षा घटाएको छ ।

इस्मा गाउँपालिकाले पनि १५ बिद्यालयमा समायोजन र कक्षा घटाएकोे छ । गुल्मीका ७ स्थानीय तहका ४७ बिद्यालयको कक्षा घटाइएका छन्। मालिका गाउँपालिकाले सवैभन्दा बढि १६ बिद्यालयको कक्षा घटाएको गाउँपालिकाका सामाजिक विकास समिति संयोजक शोभाखर गिरीले जानकारी दिए।

स्थानीय तहको समायोजनको तथ्यांकको आधारमा घटेका कक्षाहरु प्राय २, ३, ४ छन्। सुरुमा समुदायले नै खोलेका बिद्यालयहरु भएकाले उनीहरुकै अनुरोधमा पूर्ण बन्द गर्न स्थानीय सरकारलाई पनि चुनौति बनिरहेको छ। जसका कारण अधिकांश स्थानीय तहले एक कक्षा मात्रै भए पनि समुदायमा कायम गरिरहेका छन् । गुल्मीमा ४९ वटा बिद्यालयहरु समायोजन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर