२० पुस २०७७

पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा पुरुष २४४ र महिला १५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा ५९४ संक्रमित निको भएको पनि मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ  । हाल देशभर ५ हजार २८९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर