१९ पुस २०७७

काठमाडौं / ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गर्नुभएको छ ।पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आइतबार आयोजित विस्तारित बैठकमा उहाँले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गर्नुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘केही साथीहरु बरालिनुभएको छ, गल्ती र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।’

https://amzn.to/4myfPN5

उहाँले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वोच्च अदालतले दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर