१८ पुष २०७७
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न दाहाल–नेपाल पक्षलाई चुनौती
दिनुभएको छ ।
नेकपा ओलीपक्षीय काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री अाेलि ले
प्रचण्डपक्ष लाई दुई अंकको सिट जितेर देखाउन चुनौती दिनुभएको हो । ‘कमसेकम दुईटा अंकसम्मको सिट ल्याएर देखाउनुस्, दुईटा
अंक’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्ष पुनः पार्टीमा फर्कने दाबी गर्नुभएको छ । उहाँले अब फर्किएपछि उपद्रो मच्चाउन नदिने
बताउनुभयो । साथै उहाँले फर्किएकाहरूलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा नराखिने बताउनुभएको छ । ‘अब उहाँहरूलाई
थन्कोमा राखिन्छ ।