१८ पुस २०७७

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुने र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए । मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले विश्वका प्रत्येक कुनामा असर गरेको छ । यद्यपी, यो यसभन्दा ठूलो हुन आवश्यक छैन,’ मिडिया ब्रिफिङमा उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर