१८ पुस २०७७

दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन्।

लमही नगरपालिका वडा नं. २ का ८ वर्षीय बालक शिरिस गिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी र लमही वडा नं. १ की ४० वर्षीया हिरादेवी चौधरी जंगली बँदेलको आक्रमनबाट घाइते भएका छन् ।

अधिकांश घाइतेहरूलाई खुट्टा र तिघ्रामा बँदेलले आक्रमण गरी गहिरो घाउ खत बनाएको छ।

बुटवल अस्पतालमा रिफर गरिएका शिरिस र मिठ्ठुलाई भने ढाड, छाती लगाए शरीरका विभिन्न भागमा घाउ चोट लागेको छ।

‘बँदेलले बच्चा जन्माएको रहेछ,’ , ‘बँदेलले आफ्ना बच्चा लिन आए भन्ने ठानेर आक्रमण गरेको भन्ने अनुमान गरिएको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर