१८ पुस २०७७

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज काठमाडौंमा वृहत कार्यकर्ता भेला गर्दैछ । भेला काठमाडौंको प्रज्ञा भवनमा १ बजे तय गरिएको हो ।

काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर