मेष

आज हराएको आत्म–विश्वास बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ ।

बृष

जोश जाँगर र हिम्मत वढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन

नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कर्कट

आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

कन्या

आज नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

तुला

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

बृश्चिक

आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

धनु

आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

मकर

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

आज वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

प्रतिक्रिया

सम्बन्धित खवर