एजेन्सी, १८ पुस । भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले त्यहाँकाे सेरम इन्स्टि्ट्युट अफ इण्डिया (एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड नामक काेराेना खोपलाई आपतलीन प्रयोगकाे अनुमति दिएको छ ।

अंग्रेजी नयाँ वर्षकाे दिन यही जनवरी १ मा उक्त अनुमति दिइएकाे हाे । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत विज्ञ समितिले शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि यससम्बन्धी अन्तिम निर्णय भने भारतको औषधि नियन्त्रण महानिर्देशनालयले गर्ने जनाइएको छ । त्यसपछि मात्रै भारतमा काेराेना भाइरसविरुद्धको खोप सबैका लागि प्रयोगको बाटो खुल्नेछ  ।

यससँगै भारत बायोटेकद्वारा विकास गरिएको कोभ्याक्सिनको आपत्कालीन अनुमति दिने प्रक्रिया पनि अन्तिम चरणमा पुगेकाे बताइएको छ । त्यहाँ आपत्कालीन अनुमतिका लागि हालसम्म फाइजर, सेरम र भारत बायोटेकले आवेदन दिएका थिए ।  जसमध्ये सेरमले अक्सफोर्ड–एस्ट्राजेनेकासँग मिलेर पाँच करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखेको र त्यसैलाइ प्राथमिकताका साथ अनुमति दिइएकाे बताइएकाे छ ।

यसअघि बेलायत सरकारले गत बुधबार मात्रै अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित गरिएकाे काेभिशिल्ड खोपलाई बेलायतमा प्रयोगका लागि अनुमति दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर