१७ पुस २०७७ ,सरकारले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनललाई कालोसूचीबाट हटाएको छ ।
यसअघि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै ओम्नीलाई कालोसूचीमा राखिएको थियो ।
एक वर्षसम्म ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन महिना नबित्दै हटाएको हो ।
सर्वोच्च अदालतको मंसिर ७ को अन्तरकालीन अन्तरिम आदेश तथा कार्यालयको मंसिर १० को निर्णय बमोजिम कालोसूचीसम्बन्धी
कारबाही स्थगन गरिएको हुँदा ओम्नी समूह कालोसूची बाट हटाएको  कार्यालयका निर्देशक राजेश थापाले जानकारी दिए ।
स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरिद कार्यालयले २०२० सेप्टेम्बर १४ देखि २०२१ सेप्टेम्बर १३
सम्म कालोसूचीमा राख्ने  निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर