
१७ पौष २०७७, शुक्रवार
बेलायतमा बिहीवार एकै दिन झन्डै ५६ हजार नयां कोरोना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २४ लाख ८८ हजार ७८० पुगेको छ । बुधबार ९८१ जना संक्रमितको मृत्यु भएको थियो । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ७३ हजार ५१२ जनाको ज्यान गैसकेको सरकारी तथ्याँकले देखाएको छ । हाल बेलायतका अस्पतालमा २३ हजार भन्दा बढीको उपचार भैरहेको छ भने एक हजार ८४७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।बेलायतमा हालसम्म ९ लाख ४४ हजार ५३९ जनालाई फाइजर-बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।