१७ पौष २०७७, शुक्रवार

जनवरी

जनवरी ५ मा न्युु साउथ वेल्स आगलागी तथा उद्धार स्टेशनकी एक अफिसर झ्यालबाहिर आगोको रापताप नियाल्दै ।अष्टेलियाको घासे मैदानमा फैलिएको आगोका कारण गत वर्ष लाखौं वन्यजन्तुको प्राण गयो । मार्चसम्मको तथ्याङ्कअनुसार झन्डै ६ हजार घर ध्वस्त भए, ३४ जनाको मृत्यु भयो ।

https://amzn.to/4myfPN5

दक्षिणी फिलिपिन्सको लेमरी बाटानग्यासस्थित तालमा १२ जनवरीमा ज्वालामुखि भएपछि आसपासका मानिसहरु घर छाडेर शरणार्थी शिविरतर्फ लागे । उनीहरुले छाडेका घरपालुवा जनावरहरुको खोजी र उद्धारका लागि तैनाथ जनावरप्रेमीहरुको यो तस्विर १५ जनवरीमा खिचिएको हो ।

सिरिया विपक्षीहरुको अन्तिम मुख्य आधार इलाका मानिएको इदलिबस्थित अरिहा बस्तीमा सरकारी सेनाले हवाई हमला गरेपछि निम्तिएको त्रासदी, १५ जनवरीमा खिचिएको यो तस्विरमा स्थानीयले एक बालकको उद्धार गर्दैछन् ।

३१ जनवरीम वेलायत इयुवाट औपचारिक रुपमा वाहिरिएको थियो ।  त्यसको खुसीयालीमा ब्रेक्जिट पक्षधरहरुले गरेको विजय जुलुसमा देशको झन्डा बोकेर सहभागीता जनाउन जाँदै एक युवा ।

फेब्रअरी

सरकार पक्षधरहरुको आक्रमणबाट बाँच्नका लागि घर छाडेर भागेकाहरु एलिप्पोको पश्चिमतर्फ रहेको अबिन सिम्यान बस्तीमा जलेको पसल नियाल्दै, यो तस्विर १२ फेब्रुअरीमा इब्राहिम यासौफले खिचेका हुन् ।

भारत भ्रमणका क्रममा २५ फेब्रअरीमा नयाँ दिल्लीस्थित राजघाटको महात्मागान्धि स्मारकमा गुलाफ चढाउदै अमेरिकि राष्टपति डोनाल डम्प

मार्च

उत्तरी स्पेनमा पामप्लोनोमा कोरोना भाईरस सक्रमण रोकथामका लागि प्रहरी स्वयंम्सेवकलाई सेनिटाइजर छर्कदैं, यो तस्विर २२ मार्च २०२० मा खिचिएको हो ।

फ्रान्सको पेरिसमा कडा लकडाउनबीच बार्दलीबाट एकअर्कासँग कुराकानी गर्दै छिमेकीहरु, यो तस्विर २८ मार्चमा खिचिएको हो ।

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा २८ मार्चमा लकडाउन को समय बार्दलीबाट पुलिसलाई हेर्दै स्थानीयहरु ।

अप्रिल

अमेरिकाको न्युर्योकमा व्यक्तिगत सुरक्षात्मक कवच –पिपिई) लगाएका कामदारहरु शवको अन्त्येष्टी गर्दै । यो तस्विर ९ अप्रिलमा लिइएको हो ।  कोरोना भाईरसको सर्वाधिक सुचिमा अमेरीका पहिलो नम्बरमा छ ।

आफ्ना छोराछोरीलाई बन्दाबाट बनाइएको मास्क लगाइदिएर रमाइलो गर्दै उत्तरी गाजा स्ट्रिपकी एक प्यालेस्टाइनी आमा, यो तस्विर १६ अप्रिलमा खिचिएको हो ।

पिपिई लगाएका महिलाहरु कोभिड १९ बाट मरेका व्यक्तिको शव अन्त्येष्टी गर्ने स्थलमा ।इरान को घाइमशाहरमा यो फोटो ३० अप्रिलमा खिचिएको हो ।

मे

कडा लकडाउनका कारण सुनसान बनेको पेरिसको ट्रोकाडेरो स्क्वायर ।  यो तस्विर १ मेमा खिचिएको हो ।

अमेरीकामा जर्जफोल्ईडको आन्दोलन चर्किए पछि  सर्वसाधारणलाई उनीहरुको मोटरबाट  ओराल्दै प्रहरी, यो तस्विर ३१  मेमा खिचिएको हो ।

जुन

स्पेनको बार्सिलोनास्थित एक सभाहलमा मानिस बस्ने कुर्सीमा गमला राखेर बिरुवाहरुलाई संगीत सुनाउँदै संगितिकारहरु, यो तस्विर २२ जुनमा खिचिएको हो ।

८१ वर्षकी अगस्टिना कानामेरो र ८४ वर्षका पास्कुअल पेरेज प्लास्टिकको बार लगाएर एकअर्कालाई चुम्बन गर्दै, २२ जुनमा स्पेनको एक नर्सिङ होममा यो फोटो खिचिएको हो । कोरोना भाइरसबाट अति प्रभावित देशमध्ये स्पेन पनि पर्छ ।

लकडाउन खुकुलो भएपछि चेक गणतन्त्रको प्रागस्थित चाल्स ब्रिजमा ५ सय मिटर लामो टेबलमा सामुहिक रुपमा खाना खानका लागि भेला भएका मानिसहरु, यो तस्विर ३० जुनमा खिचिएको हो ।

जुलाई

साइकल चढेका व्यक्तिहरुलाई औला उठाएर अभिवादन गर्दै पिपिई लगाएका एक व्यक्ति, यो तस्विर १२ जुलाईमा ब्राजिलको राजधानी रियो दि जेनरियोमा खिचिएको हो ।

जर्मन चान्सेलर एन्जेला मर्केल र बुल्गेरियाका प्रधानमन्त्री ब्वाईको बोरिसभो ब्रसेल्सस्थित युरोपेली युनियन सम्मेलनताका कुराकानी गर्दै,  यो तस्विर १७ जुलाईको हो ।

अगस्ट

अमेरिकाको क्यालिफोर्नियास्थित चेरी उपत्यकामा आगो लागिरहेको समय ज्यान जोगाउन भाग्दै गरेको मुसा, यो तस्विर १ अगस्ट २०२० को हो ।

उरुग्वेको मोन्टेभिडियोमा कोरोना भाइरस महामारीका दौरान स्पाइडरम्यानको कपडा लगाएका एक व्यक्ति यात्रुबसको प्रतिक्षा गर्दै, यो फोटो २ अगस्ट २०२० को हो ।

लेवनानको वेरुतन्द वन्दरगाहामा भिषण विस्फोट कारण घाइते भएकी ११ वर्षीया होडा किन्नोलाई उद्धार गर्दै उनका काका मुस्तफा । यो तस्विर ४ अगस्टको हो ।

स्विचरल्यान्डको क्लाउसेन पासमा ‘बोडेनफार्ट’ का दौरान एक घाइते गाईलाई हेलिकोप्टरको सहारामा उडाएर अन्यत्र लैजादैं, यस कार्यक्रमका दौरान झन्डै १ हजार गाईहरुलाई तल्ला पहाडहरुमा स्थानान्तरण गर्ने गरिन्छ, यो तस्विर १८ अगस्टको हो ।

सेप्टेम्बर

र्पूव अमेरीकि उपराष्टपति जो वाईडेन

पत्रकारहरुसँग कुराकानी गरेपछि हाँस्दै मास्क लगाउँदै, यो तस्विर सेप्टेम्बर ४ मा खिचिएको हो । नोभेम्बरमा भएको अमेरिकी चुनावबाट बाइडेन आगामी कार्यकालका लागि राष्ट्रपति चुनिएका छन् ।

एल साल्भाडोरको सन्सोनेटस्थित इजाल्को बन्दीगृहमा गुण्डाहरुलाई यातना दिइदैं । कोरोनाकालमा सामाजिक दूरी समेत पालना नगरी उनीहरुलाई सजाय दिइएको थियो । यो फोटो ४ सेप्टेम्बरमा खिचिएको हो ।

अक्टूबर

नयाँ शैक्षिक सत्रको पहिलो दिन यमनको तेइजमा क्षतिग्रस्त विद्यालयमा भवनमा पठन–पाठन गर्दै विद्यार्थी, गृहयुद्धका कारण यमनका थुप्रै विद्यालयहरु क्षतिग्रस्त छन् । यो तस्विर ७ अक्टुबरमा लिइएको हो ।

नोभेम्बर

मेडिटेरानियन समून्द्रमा आप्रवासीहरुको उद्धार गरिदैं, यी आप्रवासीहरु रबरको डुङ्गामा बसेर लिबियाबाट युरोप छिर्न खोजेका थिए । अफ्रिका र मध्यपूर्वबाट अवैध रुपमा युरोप छिर्न खोज्ने धेरै यात्रुले समून्द्रमा डुबेर ज्यान गुमाउने गरेका छन् । यो फोटो ११ नोभेम्बरमा खिचिएको हो ।

अर्मेनियाले नोगार्नो कारावाख  बाहिरको गाउँका केही भूभाग अजरबैजानलाई हस्तान्तरण गर्ने तय भएपछि आफ्नै घरमा आगो लगाउँदै गाउँलेहरु, उनीहरुले अर्मेनिया फर्कनुअघि यस्तो कार्य गरेका हुन् । यो तस्विर १४ नोभेम्बरमा खिचिएको हो । नोगार्नो–काराबाख विवादका कारण यस वर्ष अर्मेनिया र अजरबैजानबीच निम्तिएको थियो ।

नोगार्नो–काराबाख क्षेत्रस्थित आफ्नो गाउँ छाडेर हिंडेको एक परिवार ट्रकमा आफ्नो सानो घरलाई लोड गरेर नयाँ गन्तव्यतर्फ पुु¥याउँदै । यो तस्विर १८ नोभेम्बरमा खिचिएको हो ।

डिसेम्बर

ग्रहणका दौरान चन्द्रमाले सूर्यलाई ढाकेको दृश्य, अर्जेन्टिनाको पिड्रा डेल एग्अुयलाबाट १४ डिसेम्बरमा यो तस्विर खिचिएको हो ।

Source:https://www.euronews.com/2020/12/23/in-pictures-2020-s-biggest-news-stories-month-by-month

 

प्रतिक्रिया

सम्बन्धित खवर