१६ पौष २०७७, बिहिवार

पाल्पामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सवैभन्दा धरै तानसेन नगरपालिका र अस्पतालमा २३ जना, वगनासकाली गाउँपालिकाका ५ जना,रैनादेवि छहरा गाउँपालिकाका ४ जना,रम्भा गाउँपालिकाका ३ जना रामपुर नगरपालिकाका २ जना र रिब्दिकोट गाँउपालिकाका १ जनामा कोरोना सक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुुसार यो सगै पाल्पामा कोरोना जाँच भएर पुष्टि हुनेको संख्या १८ सय ८ पुगेको छ । अहिले सम्म पाल्पामा १७ सय ७ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन भने ३० जनाको निधन भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर