१६ पौष २०७७, बिहिवार

ड्युटिमा खटिइरहेका डाक्टर र प्यारामेडिक्सहरुलाई बिरामी कुर्न आएका एक व्यक्तिले हातपात गरेको ६ दिन वित्दासमेत कारवाही नभएको गुनासो गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पतालमै धर्ना दिएका छन् ।
गत पुस १० गते राति अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको ईर्मेजेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरुलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुरी दिएका थिए
उजुरी उपर प्रहरीले कुनैपनि कारवाही अगाडि नबढाएको गुनासो गर्दै आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरुले विहिवार आकस्मिक कक्षमा धर्ना दिएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।
दमको जटिल समस्या देखिएका बिरामीलाई उनका छोराले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । जाँचपछि डाक्टरले बिरामीलाई तत्काल भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा बेड खाली नभएको भनी ब्रिफिङ गर्दै गर्दा उनले हातपात गरेको अस्पतालको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर