१६ पौष २०७७, बिहिवार

कञ्चनपुरमा धामीझाँक्री गर्ने क्रममा मन्दिरमै ढलेका पुरुषको मृत्यु भएको छ।   भीमदत्त नगरपालिका– २ महुलियास्थित बिडेश्वर महादेव मन्दिरको शिलान्यास कार्यक्रममा धामीझाँक्री गर्ने क्रममा एक्कासी ढलेका ६५ वर्षीय अंकसिंह भण्डारीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

https://amzn.to/4myfPN5

मन्दिरमै ढलेका भण्डारीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।  उनका अनुसार मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमै राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर