३१ साउन
छविलाल गिरी,मलेसिया
मलेसियामा एक नेपाली साथीभाईहरुको पैसा ठगि गरेर वेपत्ता भएका छन । मलेसियाको जोहोरवारुमा रहेको सिमानो कम्पनीमा कार्यरत पर्सा जगतपुरका प्रमोद शाह साथीहरुको पैसा लिएर वेपत्ता भएका हुन ।
घरको समस्या देखाउदै आफुसगै काम गर्ने साथीहरु र वाहिर चिनेजानेको साथीहरुसंगवाट करीव ३० हजार रिगेट अर्थात करीव नौ लाख रुपैया लिएर उनी वेपत्ता भएका हुन ।
साथीभाई संग हाल सम्पर्कमा नरहेको र हालको अवस्थामा नेपाल जान पनि संभव नभएकाले मलेसियाकै अर्काे कुनै ठाउँमा काम गरिरहेको हुन सक्ने भएकाले मलेसियामा रहेका सवैले खोजी गरिदिन सिमानो कम्पनीका श्रमिकहरुले इलुम्विनी प्रदेश डटकमलाई टेलिफोनमा वताए ।
निज शाह करीव ६ वर्ष देखि मलेसियामै कार्यरत रहेका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर