१६ पौष २०७७, बिहिवार

एजेन्सी/नर्वेमा भएको पहिरका कारण १० जना भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।  घटनामा परी अरू १० जना घाइते भएका छन् भने करिब १ हजार  जनाको उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्। पहिरोको घटना नर्वेको राजधानी ओस्लो नजिकैको एउटा सानो गाउँमा भएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘घटनास्थलका सयौँ घर बगाएको वा पुरिएको पनि अधिकारीहरूले जनाएका छन्। धेरै घरहरू पहिरोले नष्ट गरेको छ, उनीहरू केही पुरिएको छ भने केही बगाएको छ,’ एक प्रहरीले भने।

https://amzn.to/4myfPN5

घाइते दश जनामध्ये नौ जनाको स्थानीय अस्पतालमा उपचार गराइएको छ भने गम्भीर अवस्थामा रहेका एक जनालाई भने थप उपचारका लागि ओस्लो पठाइएको पनि प्रहरीले जनाएको छ। नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर