
१६ पौष २०७७, बिहिवार
बाग्लुङ समाज पोर्चुगलद्वारा बाग्लुङ नगरपालिका वडा नं. ७ तितौरेका मृगौला पीडित गुप्तबहादुर कार्की लाई १ लाख ४७ हजार १७७ रुपैया सहयोग गरेको छ । दुवै मृगौला फेल भएका कार्किको अस्पतालमा उपचार भैरहेको छ ।
बाग्लुङ समाज पोर्चुगलका सल्लाहकार यकेन्दबहादुर हमाल र उपाध्यक्ष ओमबहादुर कार्कीको विशेष सक्रियता पोर्चुगलमा उक्त रकम संकलन भएको हो ।
पीडित कार्कीको घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले आर्थिक सहयोगको अपील गरेपछि समाजको तर्फबाट केही सहयोग पुगोस् भन्ने हेतुले रकम सो संकलन गरेर पठाइएको अध्यक्ष प्रेम खड्काले बताए ।