१५ पौष २०७७, बुधवार
नेकपा नेता तथा पूर्व मन्त्री महेश बस्नेत र पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका चन्दले झन्डै ७/८ मिहिना पहिले बस्नेत र खनालले सांसद अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए ।
यसैबीच नेपाली काँग्रेस बाँकेले बुधवार एक बिज्ञप्ति प्रकाशित गरि घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ।