१५ पौष २०७७, बुधवार
पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ९ बनौँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
कुश्मा–बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नं को जीप दुर्घटना भएको हो । जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौँ घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।