१५ पौष २०७७, बुधवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्ष) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।

काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर, वहाँले सहमति कार्यान्वयन गर्नुभएन ।’

अध्यक्षले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे । उनले संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरे । उनले भने, ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन । चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ । अब चुनावको तयारी गर्नुस् ।’ उनले प्रचण्ड माधव पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्,’ ओलीको सुझाव थियो ।

आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनको आरोप थियो । ‘तीन वर्षमा मेरो धेरे साबुन, स्याम्पु र ट्याङ्करको पानी सकियो । वहाँहरु सुध्रिनु भएन ।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर