
काठमाडौं, २०७७ पुस १५ गते
रुपन्देही, रोहिणी गाउँपालिका-३ रामनगरबाट सर्टगनको गोली जस्तो देखिने बस्तु १ थान, थ्रिनटथ्री राइफलको गोली जस्तो देखिने बस्तु १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ४२ ट्याब्लेट सहित नवलपरासी पल्हीनन्दन गाउँपालिका-४ बस्ने २० वर्षीय निरज कुर्मीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले लु.२५ प ६६९५ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार निरजको झोलामा उक्त सामानहरू फेला पारी पक्राउ गरेको हो ।
काभ्रे, रोशी गाउँपालिका-७ भस्मे बस्ने ५३ वर्षीय काजीमान तामाङलाई १ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काजीमानको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।