१५ पौष २०७७, बुधवार

मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएका एकजना नेपालीलाई कोरोना भाईरस संक्रमण देखिएको छ । नेपाल वायुसेवा निगमको आरए–४१६ विमान मार्फत त्रिभुवन विमास्थलमा उत्रिएका विकासप्रसाद गुप्तालाई कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित बसेको सिट छेउका ३० जनालाई होटल क्वारेन्टाइनमा राख्न भनेको छ । संक्रमित लिएर आएको जहाज कम्पनीले नै क्वारेन्टाईनमा राख्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा डा बासुदेव पाण्डेले बताए । सो विमानमा आएका अरु २३ जनालाई समस्या देखिए महाशाखामा सम्पर्क गर्न भनिएको छ । अन्य यात्रुलाई घर पठाइएको छ ।

रातोपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर