
१५ पौष २०७७, बुधवार
रुपन्देहीको सैनामैनामा ‘माघी खिचडी महोत्सव’को आयोजना हुने भएको छ । सैनामैना ७ कलौनी बजार लाइनमा यही पुस २३ गतेदेखि ३ दिनसम्म सञ्चालन हुने भएको हो ।
थारु कल्याणकारिणी सभा सैनामैना नगरसमितिको आयोजनामा साँस्कृतिक प्रस्तुतीसहित खेलकूद प्रतियोगिता हरु हुने आयोजकले जनाएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सवमा एक दर्जन बढी थारु परिकारका साथै थारु संस्कृति झल्काउने विभिन्न झाँकी तथा थारु नाचहरु प्रस्तुत गरिने कार्यक्रम संयोजक दुलबहादुर थारुले गराए । महोत्सवमा सैनामैना नगरपालिकाको आर्थिक सहयोग रहेको छ । महोत्सव अवधिभर वडा स्तरीय खेलकूद तथा साहित्यिक वाचन लगाएत प्रतियोगिताहरु रहेने सांस्कृतिक कार्यक्रम संयोजक राजकुमार चौधरीले बताए ।