१५ पौष २०७७, बुधवार

केही दिनअघि गुल्मीमा भएको अटो दुर्घटनामा घाइते भएका एक विरामि अस्पतालको खर्च रकम तिर्न नसकेपछि अस्पताल कै निगरानीमा बस्न बाध्य भएका छन ।
गुल्मि जिल्लाको रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय सुनिल बिक पाल्पामा रहेको लुम्विनी मेडिकल कलेजमा अलपत्र परेका हुन् । उनका बाबु सहवीर बिक भन्छ्न्–‘छोराको डिस्चार्ज आइतबार नै गरिएको हो तर पैसा नतिरेसम्म अस्पताल बाहिर निस्किन दिँदैनन् ।’
गएको शुक्रबार गुल्मीको दुबीचौरमा अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो । घाइतेमध्ये एक जना अझै लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा छन ।
तम्घासको रेसुङ्गा माविका सुरक्षा गार्ड भएको नाताले विधालयका प्रधानाध्यापक प्रेमनारायण भन्डारीले केहि सहयोग गनु भयो घाइतेका बाबु सहविर बिक भन्छन “अस्पतालमा पैसा तिर्न म संग एक रुपैया पनि छैन’ ।
घाइतेसहितका कामदार तम्घासका व्यवसायी पृतम क्षेत्रीको नेटवर्क व्यवसायको तारजाली बिच्छाउने कामको लागि गौंडाकोट गएका थिए । उनीहरूलाई लिन क्षेत्रीले नै अटो पठाएका थिए ।
त्यो अटो तम्घास भगवती मन्दिर नजिक घर हुने सोनु नेपालीले दुबीचौरका तेजेन्द्रबहादुर रानालाई दुई महिना अघि नै बेचेका थिए । तर उनको दुर्घटनामा मृत्यु भयो । उनको परिवारको पनि बिचल्ली छ । अटो बीमा नगराइएका कारण मृतकका परिवार र घाइतेहरू समस्यामा परेका हुन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारि रूद्रादेवी शर्माले सरोकारवाला निकायका बीच छलफल गरी उनको उद्धारमा जुट्ने बताइन । पृतम क्षेत्रीको परिवारले पनि सोमबार सहयोग स्वरूप ३५ हजार घाइते बिकको बाबुलाई पठाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर