१५ पौष २०७७, बुधवार

विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ८ करोड २३ लाख नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ६ लाख ११ हजार ७१७ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड २३ लाख ६ हजार ८६३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर ५ करोड ८३ लाख २० हजार ३६९ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ५ लाख २५ हजार ९८३ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ हजार ४५० संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमित मृतकको संख्या १७ लाख ९५ हजार २३० पुगेको छ ।

हाल विश्वभर २ करोड २१ लाख ९१ हजार २६४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ५ हजार ९३६ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या १ करोड ९९ लाख ७७ हजार ७०४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड १८ लाख ४४ हजार ४७२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ५७९ पुगेको छ ।

हाल अमेरिकामा ७७ लाख ८६ हजार ६५३ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार १३२ गम्भिर बिरामी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर