
१५ पौष २०७७, बुधवार
बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाको सातौ अधिवेसन तथा १९ औं बार्षिक साधारणसभाबाट अशोक गोबिन्द राजभण्डारी निर्विरोध अध्यक्षमा चयन भएका छन् । उनी सहित १३ सदस्य रहेको कार्यसमितिनै निर्विरोध भएको सहकारीकी पसल बिभाग सदस्य बिनु केसीले जानकारी दिइन् ।
सहकारीको उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, सचिवमा हरिप्रसाद गौतम, कोषाध्यक्षमा राजेन्द्र प्रसाद शाक्य र सहसचिवमा उशा पौडेल रहेका छन् । त्यस्तै सदस्यमा अर्जुन घिमिरे, रघुनाथ राजभण्डारी, निर्मला जिसी, दर्शन प्रसाद श्रेष्ठ, लक्ष्मी शाक्य, सरिता थापा, कृष्ण शर्मा र विश्वास राजभण्डारी पनि निर्विरोध भएका हुन् । समितिमा राजभण्डारी, सहसचिव पौडेल र सदस्य घिमिरे पाँचौपटक सहकारीमा दोहोरिएका हुन् । सहकारीको लेखा समितिपनि निर्विरोध भएको छ । लेखा समितिको संयोजकमा रामचन्द्र शर्मा, सदस्यमा राजनकुमार श्रेष्ठ र बिष्णुकुमारी लम्साल रहेका छन् ।