१५ पौष २०७७, बुधवार

पत्रपत्रिका
कारोवार दैनिकवाट

https://amzn.to/4myfPN5

नेपाल आयल निगमले १० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्ने चार नयाँ रिफ्युलर थपेको छ । अन्तर्राष्ट्रिय उडानलाई सहज ढंगले हवाई इन्धन भर्नका लागि निगमले २७ हजार लिटर क्षमताका चार वटा नयाँ रिफयुलर थपेर सञ्चालनमा ल्याएको हो । १२ करोड ७७ लाख लागतमा चार वटा रिफ्युलर खरिद गरेर सञ्चालनमा ल्याइएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार प्रतिरिफ्युलर ३ करोड १९ लाख २५ हजार रुपैयाँमा खरिद गरिएको छ । रिफ्युलरले डिपोबाट हवाई इन्धन रिफ्युल गरेर जहाजमा भर्ने काम गर्छन् । यसअघि अन्तराष्ट्रिय जहाजको लागि तीन वटामात्र रिफ्युलर हुँदा उडानको चाप भएको बेला इन्धन भर्नका लागि अपुग भएपछि नयाँ थप गरिएको निगमले जानकारी दिएको छ । कोभिड–१९ को कारणले गर्दा उडान कम भएकाले आपूर्तिमा कुनै समस्या नभए पनि सामान्य अवस्थामा व्यवस्थापन थर्न समस्या पर्ने गरेको निगमको भनाइ छ ।
यसअघि अन्तर्राष्ट्रिय उडानलाई तीनवटा रिफ्युलर भए पनि दुई वटा रिफ्युलरले मात्र नियमतिरुपमा इन्धन भर्दै आएका थिए । अन्तर्राष्ट्रिय उडानमा दैनिक ७ हजारदेखि ४० हजार लिटरसम्म इन्धन रिफ्युल हुने हुँदा कम क्षमताको रिफ्युलर हुँदा इन्धन भर्न धेरै समस्या हुने गरेको थियो । नयाँ रिफ्युलरपछि अब सहज हुने हवाई इन्धन डिपो सिनामंगलका प्रमुख अभिषेक ठाकुरले जानकारी दिए । त्रिभुवन विमानस्थलमा यसअघि आन्तरिक र वाह्य उडानको लागि तेल भर्न २७ हजार लिटरको दुईवटा, १६ हजार लिटरको चारवटा र ११ हजार लिटर क्षमताको एउटा रिफ्युलर थियो । अबका दिनमा ११ रिफ्युलरले एकपटकमा २ लाख ३७ हजार लिटरसम्म इन्धन भर्ने क्षमता राख्नेछन् । सामान्य अवस्थामा त्रिभुवन विमानस्थलमा दैनिक पाँच लाख लिटर हवाई इन्धन खपत हुँदै आएको छ । आन्तरिकतर्फ एक लाख र अन्तर्राष्ट्रियतर्फ चार लाख लिटरसम्म इन्धन खपत हुने गरेको ठाकुरले बताए ।
सामान्य अवस्थामा त्रिभुवन विमानस्थलमा दैनिक पाँचदेखि सात लाख लिटर हवाई इन्धन खपत हुँदै आएको छ । आन्तरिकतर्फ एक लाख र अन्तर्राष्ट्रियतर्फ चार लाख लिटरसम्म इन्धन खपत हुने गरेको ठाकुरले बताए । कोभिडको कारणले सात महिनादेखि उडान ठप्प अवस्थामा रहेका थिए । केही समयदेखि उडान सुरु भएसँगै हवाई इन्धनको खपत पनि बढ्दै गएको छ । अहिले एक लाख ५० हजारदेखि दुई लाख लिटरसम्म दैनिक हवाई इन्धन खपत हुने गरेको हवाई इन्धन डिपो कार्यलय सिनामंगलले जानकारी दिएको छ ।
यसअघि निगमले नयाँ रिफ्युलर खरिद गर्न नसक्दा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट भाडामा लिएर चलाएको थियो । नयाँ रिफ्युलर सञ्चालनमा आउने भएपछि एक महिनाअघि २७ हजार र १६ हजार लिटरको दुईवटा रिफ्युलर फिर्ता गरेको छ भने १६ हजार लिटर क्षमताको दुईवटा रिफ्युलर जनकपुर विमानस्थलमा प्रयोग गरिरहेको छ । सिनामंगल डिपोमा ७० लाख लिटर क्षमताको हवाई इन्धन भन्डारण रहेको छ । नयाँ बनिरहेका भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर थप रिफ्युलर सञ्चालन गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । उपत्यकाबाहिर रहेका विमानस्थलमा हाल २० वटा रिफ्युलरले हवाई इन्धन भर्ने काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर