१५ पौष २०७७, बुधवार

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर युनाईटेड, आर्सनल र लिड्स युनाईटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कठिन खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले इन्जुरी समयमा निर्णायक गोल गरे । जितसँगै म्यान्यूले अंक तालिकामा शीर्ष स्थानको लिभरपुलसँग दुरी छोट्याएको छ । १५ खेलबाट लिभरपुलको ३२ अंक छ भने म्यान्चेस्टर युनाईटेडको ३० अंक भएको छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराती आर्सनलले ब्राइटनलाई १–० ले हराउँदा लिड्स युनाईटेडले वेष्ट ब्रोममाथि ५–० को फराकिलो जित निकालेको छ ।यसैगरी बर्न्लेले शेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्दा वेष्ट ह्याम युनाईटेड र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर