
१४ पौष २०७७, मंगलवार
निर्देशक, निर्माता तथा कलाकार पुरन थापाले नयाँ फिल्मको घोषणा गरेका छन् । निर्देशक थापाले आफ्नो जन्मदिनमा नयाँ फिल्म ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् । ‘पिरिम पर्या छन्’,’कान्छी मट्याङ ट्याङ’ लगायतका फिल्म निर्देशन गरेका थापाले अब फिल्म ‘तीन जुङ्गे’ बनाउने भएका हुन् ।
फिल्मको छायांकन माघ तेश्रो साताबाट सुरु हुने बताइएको छ । फिल्ममा उनीसँगै लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी लगायतका कलाकारको अभिनय रहने बताइएको छ । फिल्मलाई अमृत लम्साल र भुवन तिवारीले निर्माण गर्नेछन् ।