१४ पौष २०७७, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको छ ।  ओली समूहको मंगलबार बसेको दोस्रो बैठकले नारायण पाण्डेलाई सचिवमा चयन गरेको छ । बैठकले १ सय २४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेको छ   ।धुलीखेल नगरपालिका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् । बैठकले पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

बैठक पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘पार्टीको नेतृत्व गर्नुको सट्टा गुटगत गतीविधी गर्ने, बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने निर्धारित कार्यक्रमहरु अवरुद्ध गरि विरोधी पार्टीलाइ बल पु-याउने, फुटपरस्त गतिविधीमा सामेल हुने र गुटगत भेला आयोजना गरि पार्टी एकतालाई भाँड्ने लगायतका संगठनात्मक पद्धती विरोधी गतिविधीमा संलग्न भएका कारण जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाई र सचिव टोक बहादुर वाईवालाई क्रमसः जिल्ला कमिटीको अध्यक्ष र सचिव पदबाट पदमुक्त गर्ने निर्णय गरिएको छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर