
१४ पौष २०७७, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लाे गैरसंवैधानिक कदमकाे बिरोधमा प्रचण्ड-नेपाल समुहले पाल्पामा प्रदर्शन गरेको छ ।
बिरोध सभालाई सम्बोधन गर्दै नेकपा जिल्ला इन्चार्ज सोमप्रसाद पाण्डेयले संबिधानमै नभएको धारा प्रयोग गरेर केपी ओलीले संसद बिगठन गरेको बताए । नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले केपी शर्मा ओली सरकार राजाकै शैलीमा लागेको अारोप लगाए । युवा नेता ठाकुर गैरेले कम्युनिष्ट पार्टीलाई दुई तिहाईको मत दिएपनि केपी सरकारले उक्त मतलाई अबमुल्यन गरेको आरोप लगाए । बिरोध प्रदर्शनमा नेकपा प्रचण्ड नेपाल समुहका नेता कार्यकर्ताको सहभागीता थियो ।