१४ पौष २०७७, मंगलवार

कोरोना भाइरस संक्रमणको जोखिमका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को फारम ९ महिना पछि खुलेको छ।  स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर मंगलबार (पुस १४) बाट सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको यातायात विभागले जनाएको छ। साना तथा ठूला सबै प्रकारका सवारीको अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको हो। अब लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) नियमित हुनेछ।

https://amzn.to/4myfPN5

लिखित पास भएकालाई ट्रायल दिन समय थपिँदै

सवारी चालक अनुमतिपत्र लिन लिखित परिक्षा पास गरेका परीक्षार्थीले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने छन्। यसअघि लिखित परीक्षा पास गरेर ट्रायलमा फेल भएका परीक्षार्थीले ९० दिनभित्र २ पटक ट्रायल दिन पाउने व्यवस्था थियो।

यातायात व्यवस्था कार्यविधि निर्देशिका–२०६६ ९संशोधन०ले सवारी चालक अनुमतिपत्र लिन लिखित परीक्षा पास भएको व्यक्तिले पहिलो पटक ट्रायल पास नभए ९० दिनसम्म २ पटक ट्रायल दिन पाउने व्यवस्था गरेको थियो। तर लकडाउनका कारण ९ महिनादेखि अनुमति पत्र तथा ट्रायलको परीक्षा बन्द हुँदा लकडाउन अगाडिका परीक्षार्थी मारमा परेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर