१४ पौष २०७७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको जिल्ला अध्यक्षको जिम्मेवारी भूमी त्रिपाठीले पाउनु भएको छ । जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष नेत्रराज पौडेलले व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएपछि सोमवार धादिङबेसीमा सम्पन्न नेकपा धादिङको चौथो पूर्ण बैठकले त्रिपाठीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । त्रिपाठी धादिङ १ का निवर्तमान प्रतिनिधिसभा सदस्य र नेकपाको केन्द्रिय कमिटी सदस्य हुनुहुन्छ ।

बैठकलाई नेकपाका स्थायी समिति सदस्य एवम केन्द्रिय लेखा आयोगका संयोजक प्राध्यापक डाक्टर पुष्प कँडेल, केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, युवा संघ नेपालका सचिव रमेश आचार्यले सम्वोधन गर्नु भएको थियो ।

तत्कालिन दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर नेकपा बनेपछि धादिङ जिल्ला कमिटीको अध्यक्षमा भूमी त्रिपाठी र सचिवमा शालिकराम जमकट्टेलले जिम्मेवारी पाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर