१४ पौष २०७७, मंगलवार

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल बराबरीमा सकिएको छ । आईतबार राति  चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो । चेल्सीले ओलिभर जिराउडको गोलमा पहिलो हाफमा अग्रता लिएको थियो । डिफेन्डर बेन चिलवेलको क्रसमा हेडमार्फत जिराउडले चेल्सीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काएका थिए । बराबरीसँगै दुवै टोलीले समान एक अंक बटुले । समान २६ अंक जोडेको एस्टन गोल अन्तरका आधारमा पाँचौ र चेल्सी छैटौं स्थानमा छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर