१३ पौष २०७७, सोमवार

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर नेपाली राजनीतिमा कलंकको टिका लगाएको बताएका छन् । सोमबार काठमाडौमा जनसांस्कृतिक महासंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली आफुले कलंकको टिका लगाएपनि आफुहरुलाई जनताका मुद्दामा जनतामाझ जाने र जोडाउने काम गरेको बताए ।

पार्टीभित्र विवाद र अन्तरसंघर्ष चलेको स्वीकार्दै प्रचण्डले पार्टीभित्रको संघर्षलाई देशमा संकट ल्याउने बाहक बन्नु दूर्भाग्यपूर्ण भएको पनि बताए । ‘यसले केपी ओली कलंकित हुनुभयो । कलंकको टिका लगाउनुभयो । हामी राष्ट्रको एकता र जनताको अधिकारका लागि सडकमा गएका हौ । जनतामा जोडिएका छौ’ प्रचण्डको भनाई छ ।  ।

उनले केही दिनको कुरा मात्रै हो भन्दै कसैले पनि टेन्सन लिनुपर्ने नभएकाले ऐतिहासिक जिम्मेवारी पुरा गर्न एकताबद्ध भएर जानुपर्ने बताए । उनले केही साथीहरु लोभ गरेर उता गएको भन्दै उनीहरु फेरि फर्कने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर